खेरसरको अवस्था धेरै कठिन : रुसी कमान्डर
काठमाडौं–युक्रेनस्थित रुसी सेनाका नयाँ कमान्डर सेर्गेइ सुरोभिकिनले खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । युक्रेनी सेनाले आफ्नो भूभाग फिर्ता लिन आक्रमण गरिरहेका बेला रुसी सेनाबाट यस्तो प्रतिक्रिया आएको हो । जबकि रुसी फौजले उक्त क्षेत्रलाई कब्जामा लिएर त्यहाँका नागरिकहरूलाई हटाउन प्रयास गरिरहेको छ ।
१० अक्टोबरमा नियुक्त भएका रुसी वायु सेना जनरल सुरोभिकिनले हालै खेरसन क्षेत्रको अवस्था त्यहाँका नागरिक र रुसी सैनिक दुवैका लागि धेरै कठिन भएको बताएका हुन् । यद्यपि रुसी सेनाले त्यहाँका नागरिकहरूको सुरक्षित रूपमा अन्यत्र स्थानान्तर गर्ने जनरल सुरोभिकिनले बताएका छन् ।
तर रुसी सेनाको क्षेत्रमा दुश्मनले आक्रमण नरोकेको उनले बताएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त क्षेत्रलाई कब्जामा लिएर बसेको रुसी सेना केही सातायता २० देखि ३० किलोमिटर पछाडि हटेको पनि बताइएको छ । उनीहरू रुस र युक्रेनको सीमा क्षेत्रमा रहेको निपर नदीको पश्चिमी किनारसम्म पुग्नसक्ने आकलन गरिएको छ । यसबीचमा उत्तरी खेरसन क्षेत्रमा रहेका रुसी फौजहरूमाथि निरन्तर आक्रमण भइरहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०२
प्रतिक्रिया दिनुहोस्