Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खर्गे निर्वाचित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खर्गे निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी शशि थरूरलाई पराजित गरेका हुन् । सार्वजनिक भएको मतपरिणामअनुसार खर्गे ७८९७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । उनको जितसँगै भारतीय काँग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । तर उनको गान्धी परिवारसँग राम्रो सम्बन्ध छ । यो चुनावमा गान्धी परिवारले उनैलाई सघाएको भारतीय राजनीतिक वृत्तमा चर्चा छ । ८० वर्षीय खर्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कांग्रेसको नेतृत्व गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२१
प्रतिक्रिया दिनुहोस्