Nic Ad Nic Ad
Nic Ad Nic Ad

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू गरिएकाे पुटिनको घोषणा

बिहीबार, मंसिर ८, २०७९
किभ— रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु’, पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भने । सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो । ७० वर्षीय रुसी नेताले भने, ‘कीभ सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको छ, वार्ताका लागि कुनै पनि प्रस्ताव अस्वीकार गरेको छ, गोली चलिरहेको छ, नागरिकको मृत्यु भइरहेको छ ।’ उनले ‘आतंकवादी तरिका’ प्रयोग गरेको आरोप लगाउनुभयो । रूसी नेता पुटिनले भन्नुभयो “उनीहरूले हाम्रो भूमिमा विध्वंसकारी समूहहरू पठाउने गरेका छन् । मस्कोले क्रिमिया पुललाई लक्षित गरी भएको पहिलो घटनाबाहेकका अन्य आक्रमणहरूलाई विफल पारेको छ ।’ रूसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ । रूसी राष्ट्रपति पुटिनले भने, ‘हामी सुरक्षा सुनिश्चित गर्न र रूसको भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू समाधान गर्न काम गरिरहेका छौं ।’  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२६
प्रतिक्रिया दिनुहोस्