Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ आजकाे माैसम

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – देशका पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  आज बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रवार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको हुनसक्ने महाशाखाले आकलन गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३१
प्रतिक्रिया दिनुहोस्