Nic Ad Nic Ad
Nic Ad Nic Ad

अजिङ्गरको रुख चढ्ने स्टाइल, भिडियो हेरेर जो कोही हुनेछ फ्यान

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – सामान्यतया रुखमा बस्ने जीवजन्तु सहजै रुख चढ्न सक्छन् । तर अन्य जीवहरूलाई रुख चढ्न हम्मे हम्मे पर्दछ । तथापि चितुवा, बाघ वा यस्तै केही जनावर आक्कलझुक्कल रुखको सीमित उचाइसम्म चढेको देखिएको छ । तर के अजिङ्गर एउटा सिधा रुखमा चढ्न सक्ला ? धेरैले अजिङ्गर रुख चढ्ने कुरा नपत्याउन सक्छन् । तर हालैमा भाइरल बनेको एक भिडियोमा एउटा अजिङ्गर भने अनौठो शैलीमा रुख चढेको देखिएको छ । भिडियोमा देखिए अनुसार एउटा अजिङ्गर रुखमा बेरिँदै रुख चढ्दै गरेको देखिएको छ । अजिङ्गरको यो रुख चढाई निकै अनौठो छ । यसलाई हेर्ने जो कोही रुख चढ्न अजिङ्गरले लगाएको जुक्तिबाट प्रभावित हुन्छन् । सर्प रुख चढ्दा पहिले केही माथि टाउको उठाएर त्यसपछि पुरै शरीरलाई रुख वरीपरी बेर्छ । फेरी त्यहाँबाट केही माथि टाउको उठाएर फेरी टाउकोले बेर्न थाल्छ । यसरी उ अलिअलि गर्दै रुखमा बेरिँदै रुख चढ्छ । यो भिडियो हेर्नेहरु धेरैले आफू सर्पको रुख चढ्ने स्टाइलबाट फ्यान बनेको प्रतिक्रिया दिएका छन् । https://www.instagram.com/reel/CjOdyM8qAZV/?utm_source=ig_web_copy_link  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्