यस्ताे छ आजकाे विदेशी विनिमयदर
काठमाडौँ— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ। युरो १ को खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ।
बेलायती पाउण्ड १ को खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुवेती दिनार १ काे खरिद दर ४२७ रूपैयाँ १२ पैसा र बिक्रीदर ४२९ रूपैयाँ ०५ पैसा रहेकाे छ । साउदी रियाल १ काे खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:१८
प्रतिक्रिया दिनुहोस्