रुसले कब्जा लिएको युक्रेनी भूभागमा फौजी शासन लागू हुने पुटिनको घोषणा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट कब्जा गरिएका चार क्षेत्रहरुमा फौजी शासन लागू गरेका छन् । उनले रुसका सबै क्षेत्रका प्रमुखहरुलाई आपतकालीन अधिकार पनि दिएका छन् ।
बिहीबार बिहानदेखि दोनेस्क, लुहान्स्क, खेर्सन र जापोरिजामा फौजी शासन लागू हुने घोषणा पुटिनले गरे। फौजी कानुनअन्तर्गत कस्ता कदम चालिनेछन् भन्ने उनले स्पष्ट पारेनन् ।
पछिल्लो समय युक्रेनले प्रत्याक्रमण बढाउँदै लैजाँदा कब्जामा लिएका क्षेत्रमा रुसी सेना ठूलो दबाबमा छ । खेर्सनमा युक्रेनी सेनाले आक्रमण गर्ने आकलनका साथ रुसले सो क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न पनि सुरु गरिसकेको छ ।
आगामी ६ दिनमा ६० हजारभन्दा बढी मानिसलाई खेर्सनमा रुसतर्फ सारिने बताइएको छ । पुटिनको घोषणलाई रुसको संसदको माथिल्लो सदनले तुरुन्तै पारित गर्ने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:२०
प्रतिक्रिया दिनुहोस्