Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनको यात्रा नगर्न भारत सरकारद्वारा नागरिकलाई अनुराेध

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – भारतले आफ्ना नागरिकलाई युक्रेनको यात्रा नगर्न अनुरोध गरेको छ ।  एक एडभाइजरी  जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको हो ।
युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो । युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्विटर ह्यान्डलमा भन्यो, ‘बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ ।’
आफ्ना नागरिकलाई सचेत गर्दै ट्विटरमा अगाडि भनिएको छ, ‘हाल युक्रेनमा रहेका विद्यार्थीहरू सहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ,।’ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२८
प्रतिक्रिया दिनुहोस्