Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाराही हाइड्रोपावरको आइपिओ शुक्रवारबाट आउने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – वाराही हाइड्रोपावरले शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई १ सय अङ्कित मूल्यमा २ लाख ५० हजार कित्ता निष्कासन गर्न लागेको हो । बागलुङको जैमिनी नगरपालिका-१, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि आइपिओ जारी गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १८ गतेसम्म र ढिलोमा मङ्सिर ४ गतेसम्म आइपिओ खुला रहनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैङ्क र ग्लोबल आइएमई बैङ्कको कुस्मीसेरा शाखा, कुमारी बैङ्कको राहाले शाखा र गरिमा विकास बैङ्कको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२७
प्रतिक्रिया दिनुहोस्