Nic Ad Nic Ad
Nic Ad Nic Ad

निखिलको छोरा अथर्वको एक्सन कट लिएर ‘नाई नभन्नु ल ६’को छायांकन सुरु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल ६’को छायांकन सुरु भएको छ। फिल्मको पहिलो एक्सन कटमा नायक निखिल उप्रेतीका छोरा अथर्वले दिएका छन्।

यो फिल्मको सुरुबाटै अभिनय गर्दै आएका अनुभव रेग्मी भने छैटौँ सिरिजमा केमियो भूमिकामा देखिने छन्। काठमाडौंको एक विद्यालयमा अनुभवको दृष्य खिच्दै फिल्मको छायांकन सुरु गरिएको फिल्मका लेखक सामिप्यराज तिमिल्सिनाले जानकारी दिए।

तिहार अगाडी ३ दिन छायांकन गरिने फिल्मको बाँकी छायांकन भने तिहार पछाडी हुने छ। विकासराज आचार्यले निर्देशन गर्ने यो फिल्ममा नायिका आँचल शर्मा शीर्ष भूमिकामा देखिनेछिन्।

आँचललाई नयाँ कलाकार आशिर्वाद क्षेत्रीले जोडीका रुपमा साथ दिनेकबा छन्। यहि फिल्मबाट निखिल र संचिताका छोरा अथर्व उप्रेती रजतपटमा देखिदैछन्। अथर्वको डेब्यूका कारण पनि फिल्म चर्चामा छ ।

बाल मनोविज्ञानमा बन्ने यो फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्ने छन्। फिल्ममा बसन्त सापकोटाको संगीत रहने छ। फिल्म आगामी नयाँ वर्षमा रिलि जगर्ने निर्देशक आचार्यको योजना छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१३
प्रतिक्रिया दिनुहोस्