काठमाडौँमा विद्यार्थी खोज्दै बर्मिङ्घम विश्वविद्यालय
काठमाडौँ— बेलायतको युनिभर्सिटी कलेज बर्मिङ्घम (युसिबी) ले नेपाली विद्यार्थीहरूलाई उनीहरूको करियरलाई सहयोग पुग्ने अवसर प्रदान गर्न सहकार्य अघि बढाएको छ ।
बेलायतमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई प्रवद्र्धन र अवसर प्रदान गर्ने उद्देश्यले आफूहरूले नेपालस्थित शैक्षिक परामर्शदायी संस्थासँग काम गरिरहेको उक्त विश्वविद्यालयका उपकुलपति प्रो एलिस विल्बीले बताए ।
काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले विदेशी विद्यार्थीका लागि धेरै अवसर रहेको र आफ्ना पाठ्यक्रम उत्कृष्ट र समसामयिक भएको जानकारी दिए ।
त्यस विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बेलायतमा बसाइलाई सहजता, शैक्षिक र सामाजिक जीवनमा सहयोग पुग्ने अभिमुखीकरण कक्षा र छात्रवृत्तिका लागि पनि काम गर्दै आएको जनाएको छ ।
उपकुलपति एसिलसँगै विश्वविद्यालयका दक्षिण एसियाली क्षेत्रीय प्रबन्धक अर्चना सिंह, अन्तर्राष्ट्रिय विद्यार्थीका निर्देशक, क्रिस शेप, अन्तर्राष्ट्रिय विद्यार्थी एसोसिएट निर्देशक भरत ए सखुजा शैक्षिक मेलाका लागि हाल नेपालमा आइपुगेका छन् ।
अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने विषयमा केन्द्रित मेलामा तीन सय बढी विद्यार्थीले सूचना एवं जानकारी लिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०५
प्रतिक्रिया दिनुहोस्