दरबारमार्गस्थित लिक्कुइड लन्जमा सलोन र आमेषको तिहार हंगामा हुने
काठमाडौँ– आगामी कार्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्कुइड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ । लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलनकोे आयोजना गर्दै तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिईयो । उक्त कार्यक्रममा सलोनका अलवा एफटी लिक्कुइड ब्याण्डले पनि आफ्नो प्रस्तुती दिने छन् ।
पत्रकार सम्मेलनमा निर्देशक शेभित बस्नेतका साथमा सलोन, आमेष र ब्याण्डका सदस्य उपस्थित रहेको थियो थिए ।
सलोन र आमेषले तिहार हंगामामा आफुहरुलाई धेरै भन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे । आफुहरु अहिले गायनको अभ्यास गरिरहेको भन्दै पत्रकार सम्मेलनमा नै गीत गाएर सुनाएका थिए । कार्यक्रम आयोजक संजीव लामाले राती ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो हुने विश्वास लिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्