मानाे राेपेर मुरी भित्र्याउने चटाराेमा किसान (तस्वीरहरू)
काठमाडौँ – दसैँ तिहार र छठको रमझम छ । चाडबाडको रमझम भए पनि किसानलाई धान थन्क्याउने चटारो छ । भक्तपुरका विभिन्न ठाउँका किसानहरूलाई धान थन्क्याउन हतार भएको देखिन्छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटका किसान प्रविण श्रेष्ठ चाडबाड भए पनि धान थन्क्याउन लागि परेको बताउँछन् । खेतमै धानका तयार गरेका उनले सुकाउने र भित्र्याउन थालेको बताए ।
अहिले भक्तपुर नगर क्षेत्र, चाँगुनारायण नगरपालिकाको चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, सूर्य विनायक नगरपालिकाको गुण्डु, सिपाडोल, नङ्खेल, बालकोट, सिरुटार, दधिकोट र थिमी नगरपालिका क्षेत्रमा धान काट्न चटारो परेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:१६
प्रतिक्रिया दिनुहोस्