Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुद्रास्फीति ८.६४ प्रतिशतले बढ्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–२०७९ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत छ । २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल १७.२९ प्रतिशत,घ्यू तथा तेल १४.५३ प्रतिशत, रेष्टुरेण्ट तथा होटल १२.३० प्रतिशत र मदिराजन्य पेय पदार्थ १०.२४ प्रतिशत र तरकारी ९.९४ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । भदौ महिनामा सेवा समूह अन्तर्गत यातायात २३.४१ प्रतिशत, स्वास्थ्य १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु ९.२५ प्रतिशत, शिक्षा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको मुल्य ७.६९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति छ। २०७८ भदौ महिनामा यी क्षेत्रमा क्रमशः ३.२३ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशत मुद्रास्फीति थियो । होलसेल मुल्य २०७९ भदौमहिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.०० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.११ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १२.९१ प्रतिशत, १५.९३ प्रतिशत र ६.३६ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२७
प्रतिक्रिया दिनुहोस्