फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दै
पोखरा–पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरूको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार भइरहेकोमा फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचाल भएसँगै फेवाताल घुम्न जाने पर्यटकहरूलाई फोनपेप्रति आकर्षण बढेको हो ।
फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा फोनपेमार्फत् भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरिएको भएको हो । बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र फोनपेका सिइओ दिवस सापकोटाको उपस्थितिमा क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो । सोही कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ्ग प्रतिस्पर्धा पनि आयोजना गरिएको थियो भने फोनपेका ब्राण्ड एम्बेसडर सन्दीप क्षेत्रीले मनोरञ्जन प्रदान गरेका थिए ।
फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरू समेत सञ्चालन गरिरहेको छ । यसैगरी क्यूआरमार्फत् भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् । मर्चेन्टहरूको यो योजना कार्तिक १२ गतेसम्म सञ्चालन रहनेछ ।
फोनपे नेटवर्कमा आवद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत् भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्टमार्फत् मोबाइल नम्बर राखि कुनै पनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पु¥याउँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १५:४८
प्रतिक्रिया दिनुहोस्