नेभिगेशन
जीवनयापन

पहिरो पन्छाउन सेनाले सुरु गर्‍यो ब्लास्टिङ

जुम्ला–कर्णाली राजमार्गमा पहिरो जाँदा खसेको ठूला ढुंगा पन्छाउन नेपाली सेनाले ‘ब्लास्टिङ’ थालेको छ । नाग्मदेखि राचुली खण्डमा खसेको ठूला ढुङ्गा फुटाउन २ दिनदेखि ब्लास्टिङ (बम विस्फोट) भइरहेको नेपाली सेनाको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए । नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार हालसम्म १० वटा ठूला ढुङ्गा फुटाइएको छ । नन्दा बक्स गणका उपसेनानी (क्याप्टन) सन्तोष केसीको नेतृत्वमा ५० जना सैनिक टोली सो क्षेत्रमा खटिएको छ । पहिरो खसेर सडकमा थुप्रिएको ठूलो ढुङ्गा स्काभेटरले उठाउन नसक्ने भएकाले ब्लास्टिङ गरेर फुटाउनु परेको हो । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार पहिरो हटाएपछि भत्किएको सडकको छेउतर्फ पर्खाल लगाउने र जाली भरिनेछ । कर्णाली राजमार्गको भत्किएको खण्डमध्ये सबैभन्दा अफ्ठ्यारो खण्ड राचुलीदेखि नाग्मसम्मको हो । यो खण्डको पहिरो हटाएर मर्मत सम्भार गरेपछि १ हप्तामा राजमार्ग सञ्चालनमा आउने श्रेष्ठले बताए । गत असोजको तेस्रो हप्ता आएको वर्षापछि पहिरो खसेर कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै