टी–२० विश्वकप क्रिकेट : स्कटल्यान्डलाई पराजित गर्दै जिम्बावे सुपर १२ मा प्रवेश
काठमाडौँ– अस्ट्रेलियमा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘बि’ को अन्तिम खेलमा आज स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दैजिम्बावे सुपर १२ चरणमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनायो । स्कटल्यान्डका जर्ज मुन्सेले सर्वाधिक ५४ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो रन बटुल्न नसक्दा टोलीले आयरल्यान्डलाई ठूलो लक्ष्य दिन सकेन ।
जवाफी ब्याटिङका क्रममा जिम्बावेले १८.३ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै लक्ष्य भेट्यो । जिम्बावेलाई जितसम्म डोर्याउनका लागि कप्तान केइग इर्भाइनले सर्वाधिक ५८ रन र सिकन्दर राजाले अविजित ४० रनको योगदान गरे । हारसँगै स्कटल्यान्डको विश्वकप यात्रा समूह चरणबाटै टुङ्गिएको छ ।
भोलि शनिबारदेखि सुपर १२ चरणका खेल हुनेछन् । नेपाली समयअनुसार भोलि मध्यान्न १२ः४५ बाट अस्ट्रेलिया र न्युजिल्यान्डबीचको खेल हुनेछ ।
आइतबार भारत र पाकिस्तानबीच दिउँसो १ः४५ बजे खेल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५८
प्रतिक्रिया दिनुहोस्