तिहारका बेला बिजुलीको खपत कम हुने, उद्योग नचल्दा खेर जाँदै बिजुली
काठमाडौं । यसवर्षको तिहारमा पनि बिजुलीको खपत कम हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, लक्ष्मीपूजाको दिन साँझ करिब १२०० मेगावाट बिजुली खपत हुने प्रक्षेपण गरिएको छ । खासगरी, तिहारलाई दीपहरुको पर्वका रुपमा लिइन्छ ।
खासगरी, झिलिमिलि बत्तीसँगै थरी थरी बिजुली बत्तीको प्रयोग तिहारकै बेला हुने गर्छ । तथापी, बिजुलीको खपत भने गत वर्षकै हाराहारीमा हुने प्राधिकरणले जनाएको छ । हाल देशभर १४ सय मेगावाट बिजुलीको माग छ । बिजुलीको उत्पादन भने २ हजार २ सय मेगावाट पुगेको छ । नदीनाला पूर्ण क्षमतामा नचल्दा हाल ग्रीडमा १८ सय मेगावाट विद्युत् उपलव्ध छ ।
तिहारका बेला उद्योगधन्दा नचल्ने हुँदा बिजुली खेर जाने प्राधिकरणका प्रवक्ता सुरेस बहादुर भट्टराइले क्यानडा नेपाललाई जानकारी दिए । उनले साढे ३ सय मेगावा बिजुली भारत निर्यात भइरहेको बताए । लक्ष्मीपूजाका दिन बिजुलीको लोड घट्ने र बिजुली खेर जाने समेत उनले बताए ।
‘लक्ष्मीपूजाका दिन त लोड घटिहाल्छ नी । औद्योगिक लोड नै हुँदैन’ उनले भने, ‘त्यो बेला १२ सय मेगावाट जति बिजुली खपत हुन्छ । बाँकी निर्यात गर्ने हो, अरु बिजुली स्पील(खेर जाने) नै हो ।’ प्राधिकरणका अनुसार, तिहारका बेला २ सय देखि साढे २ सय मेगावाट जति बिजुली खेर जाने आकंलन छ ।
हाल नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमार्फत साढे ५ सय मेगावाट र साढे १६ सय मेगावाट बिजुली निजिक्षेत्रको लगानी सम्पन्न भइ राष्ट्रिय ग्रीडमा जोडिइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०३
प्रतिक्रिया दिनुहोस्