साढे ६१ अर्बले बढ्यो बैंकहरुको निक्षेप
काठमाडाैँ— असोज महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन साढे ६१ अर्ब रुपैयाँले बढेको छ ।
नेपाल बैंकर्स संघको अनुसार असोजमा बैंकहरुको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँले बढेको हो ।
असोज २८ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्बबाट २८ अर्बले बढेर ४५ खर्ब ४७ अर्ब पुगेको छ। त्यस्तै सोहि अवधिमा कर्जा लगानी २७ अर्बले बढेर ४२ खर्ब २० अर्ब पुगेको छ ।
असोजमा बैंकहरुले ब्याज बढाएका थिए। उनीहरुले साधारण मुद्दतिमा दिने ब्याज ११.०३ बाट बढाएर १२.१३३ प्रतिशत पुर्याएका थिए। यसले निक्षेपमा केही टेवा पुगेको हो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:२५
प्रतिक्रिया दिनुहोस्