Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्याजदर बृद्धिप्रति रुपन्देहीका उद्योगी आन्दोलित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौ । बैंक तथा वित्तीय संस्थाले अत्यधिक ब्याजदर वृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगीहरु आन्दोलित बनेका छन् । उनीहरुले शुक्रबार भैरहवामा प्रदर्शन समेत गरेका छन्। रुपन्देहीका विभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत नेपाल राष्ट्र बैंकका गर्भरनरलाई ज्ञापनपत्र बुझाएका छन्। साथै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत अर्थ मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाएको बताए। जिल्लाका क्रियाशील व्यवसायिक संस्थाहरूको संजालले भैरहवाको बुद्ध चोकबाट विरोध र्‍यालीसहित नारायण स्थान, प्रहरी टोल, मिलन चोक, बैंकरोड हुँदै देवकोटा चोकमा पुगेर राष्ट्र बैंक तथा जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको थियो। त्यस्तै, उद्योगीहरुले अहिलेको ब्याजदर घटाएर एक अंकमा झार्नु पर्ने माग गरेका छन्। विगत तीन वर्षदेखिको कोभिड–१९ को प्रभावबाट उम्किन नपाउँदै बैंक तथा वित्तीय संस्थाहरुले अत्यधिक चर्को ब्याजदर कायम गर्दा उद्योग–व्यवसायी मारमा परेको उनीहरुको गुनासो छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२१
प्रतिक्रिया दिनुहोस्