‘कान्तारा’ दैव नर्तकलाई २ हजार भत्ता
काठमाडौं-दक्षिण भारतीय कन्नड भाषाको फिल्म ‘कान्तारा’ मा दर्शकको मात्र नभई सरकारमा पनि ठूलो प्रभाव देखिएको छ ।
देवताको भेषमा नर्तक बन्ने र पूजा गर्ने मानिसहरूबाट प्रेरित भएर फिल्म ‘कान्तारा’ बनेको छ । अहिले कर्नाटक सरकारले उक्त फिल्मबाट प्रभावित भएर ६० वर्ष उमेर पूरा गरेका दैव नर्तकहरूलाई मासिक २ हजार सम्म भत्ता दिने घोषणा गरिएको छ ।
यो कुराको घोषणा गर्दै लोकसभा सांसद पीसी मोहनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘भाजपा (भारतीय जनता पार्टी) नेतृत्वको कर्नाटक सरकारले ६० वर्ष उमेर पूरा गरेका सबै दैव नर्तकहरूलाई मासिक २ हजार रुपैयाँसम्म भत्ता दिने घोषणा गरेको छ ।’
भूत कोला कर्नाटकको ग्रामीण क्षेत्रमा मनाइने एक प्रथा हो। यसमा गाउँका मानिसहरूले देवताको पूजा गर्छन्। पूजाको समयमा गाउँका मानिसले देवीको पहिरन लगाएर नाच्न थाल्छन् । यसरि नृत्य गर्ने व्यक्तिलाई दैव नर्तक भनिन्छ ।
नाचको समयमा मानिस भित्र देवताहरु आउने विश्वास छ । यस क्रममा दैव नर्तकले जे भने पनि गाउँलेलाई भगवानको आदेश मान्छन् । ‘कान्तारा’ चलचित्रको कथा पनि यही प्रथामा आधारित छ ।
होम्बले फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘कान्तारा’ लाई ऋषभ शेट्टीले निर्देशन गरेका हुन् । फिल्मको मुख्य कलाकारको भूमिका पनि ऋषभ शेट्टीले नै निभाएका छन् । फिल्मले २० दिनमा विश्वभर १ सय ७१.४१ करोड कमाएर गरेको छ ।
यो फिल्म कन्नड उद्योगको तेस्रो धेरै कमाउने फिल्म बनेको छ । यस बाहेक त्यहाँ धेरै चल्न सफल फिल्म केजीएफ र केजीएफ २ मात्रै थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:५१
प्रतिक्रिया दिनुहोस्