Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिहार लागेसँगै बजारमा सुनचाँदीको अभाव

बुधबार, मंसिर ७, २०७९
काठमाडौं । नेपालीहरुको दोस्रो महान पर्व तिहार लागेसँगै नेपाली बजारमा सुनचाँदीको अभाव देखिएको छ । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको व्यवसायीले बताएका छन्। दशैं, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गर्छ । जसका कारण बजारमा सुनचाँदीको अभाव देखिएको हो। नेपाली बजारमा अहिले सुनचाँदीको माग उच्च रहेको र ग्राहकको मागअनुसार आपूर्ति गर्न नसकेको सुन व्यवसायी बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ। सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार, बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिन सकिएको छैन् । उनले दशैपछि दैनिक ३० देखि ३५ केजीसम्म हुने गरेको सुनको कारोबार अहिले धनतेरसको दिनसम्म आइपुग्दा ४० देखि ५० केजीसम्म दैनिक कारोबार हुन थालेको बताए । उनले तत्काल सुनचाँदीमा आयातमा गरिएको कोटा बढाउन र आयात सहज गर्न आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्