बलिउड अभिनेता सलमान खानलाई डेंगी संक्रमण
काठमाडौं । भारतका चर्चित बलिउड अभिनेता सलमान खानलाई डेंगी संक्रमण भएको छ। उनलाई डेंगी भएपछि हालै सुटिङ भइरहेको बिग बोस–१६ स्थगित गरिएको छ।
हाल उनी आफ्नो फिल्म ‘किसीका भाई किसीकी जान’को सुटिङ गरिरहेका थिए। तर। स्वास्थ्य खराब भएपछि फिल्मको सुटिङ पनि रोकिएको छ। बलिउड हंगामाको रिपोर्टस् अनुसार डेंगु भएपछि चिकित्सकले सलमानलाई आराम गर्न सल्लाह दिएका छन्। यस्तै बिगबोस–१६ को एपिसोड होस्ट गर्नका लागि सलमानले करण जौहरलाई मनाएको बताइएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०६
प्रतिक्रिया दिनुहोस्