Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिउँदो कुखुरा बोक्ने गाडीमा तयारी मासु ढुवानी, अनुगमन टोलीबाट बिक्रीमा रोक

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ । जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको तयारी मासु ढुवानी हुने गरेको पाईएको छ । शनिबार काठमाडौँ महानगरको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो । प्र. ३ — ०१, ०२३ च २३८७ नंं को दोलखाली कोल्ड स्टोरको गाडीमा २ सय वटा भुत्ला फालिएका सिङ्गै कुखुरा थिए । चालक भुवन गुरुङ्काअनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए । टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । मासुजन्य खाद्य बस्तुका रुपमा प्रयोग हुने यी मासुजन्य खाद्यबस्तु खुल्ला र असुरक्षित देखिन्थ्यो । पक्राउ परेपछि गुरुङ्ले, उनका साहु कुवीर सुनारलाई बोलाए । थाहा पाएको करिव २० मिनेटपछि सुनार त्यहाँ आइपुगे । अनुगमन टोलीले अस्वस्थ्यकर ढुवानीका विषयमा सोधेको प्रश्नको उत्तरमा सुनारले, आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको, हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको, हिजो नै गाडी दुर्घटनामा परेकोले आज यसरी ढुवानी गर्नुपरेको बाध्यता सुनाउँदै आफूलाई बचाउन खोजे । No description available. सुनारकाअनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी थियो । अनुगमन टोलीका संयोजक डा. अवधेश झाकाअनुसार यसरी भेटिएको मासु विक्रीमा रोक लगाइएको छ । महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षण गराउँछ । यसबाट मासुको स्वच्छता देखिएको अवस्थाका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ । No description available. आज नै चावहिल क्षेत्रका मिठाई पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाईमा ध्यान नदिने जस्ता समस्या देखिएका छन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्