Nic Ad Nic Ad
Nic Ad Nic Ad

इटालीका प्रथम महिला प्रधानमन्त्रीलाई इयु प्रमुखको बधाई

बुधबार, मंसिर ७, २०७९
काठमाडाैँ –  युरोपेली आयोगका प्रमुख उर्सुला भोन लेयनले दक्षिणपन्थी नेत्री जर्जिया मेलोनी इटालीको प्रथम महिला प्रधानमन्त्री बनेकामा बधाई ज्ञापन गरेकि छन्। साथै उनले नवनियुक्त प्रधानमन्त्रीसँग सहकार्य एवम् रचनात्मक सहयोगका निम्ति तत्पर रहेको बताएकी छन् । “जर्जिया मेलोनीलाई इटालीको प्रधानमन्त्रीको रूपमा नियुक्ति भएकामा बधाई छ, यो पद सम्हाल्ने उहाँ पहिलो महिला हुनुहुन्छ,” भोन डर लेयनले ट्वीटमा भनेकि छन्। युरोपका चुनौती सामनाका निम्ति नयाँ सरकारसँग मिलेर काम गर्न आफू सधै तत्पर रहने पनि उनले बताइन्। त्यसैगरी, युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेत्सोलाले युरोपलाई इटाली चाहिने बताउँदै नवनियुक्त प्रधानमन्त्रीप्रति बधाई ज्ञापन गरेकी छन्। युरोपेली सङ्घको सदस्य इटाली युरोपको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । शुक्रबार पार्टीका ४५ वर्षीय नेत्री मेलोनी इटालीको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्