Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई वर्षपछि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सिस्नुपानीको देउसी कार्यक्रम

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं । तिहारको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ। शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको हो । उक्त अवसरमा समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसंगतिविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुति गरिएको थियो। उक्त कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो। उक्त देउसी भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए भने व्यङ्ग्य कविका रूपमा परिचित अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेर दर्शकको मन जिते। उक्त देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराई , विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।    
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४३
प्रतिक्रिया दिनुहोस्