व्यक्तिको राशी अनुसार घरको मुख्य ढोका कता फर्कानु पर्छ ?
काठमाडौँ । पूर्वीय दर्शनमा आधारित हाम्रो समाजमा विभिन्न धार्मिक, सांस्कृत तथा पौराणिक मिथक र मान्यताहरु रहेका छन् । यहि मान्यता अनुसार व्यक्तिको आफ्नो जन्म राशिका आधारमा घर बनाउँदा कता मुख्य ढोका कता फर्काएर बनाउने भन्ने वास्तुशास्त्र यस्तो रहेको छ ।
मेष, सिंह, धनु — पूर्व वृष, कन्या, मकर— दक्षिण मिथुन, तुला, कुम्भ— पश्चिम कर्कट, वृश्चिक, मीन — उत्तर
यदि व्यक्तिको राशी अनुसार निर्देशित गरिएको दिशामा मुख्य द्वार बनाउन सकिएन भने कम्तिमा पनि एउटा झ्याल त्यस दिशामा बनाउनु पर्छ । सामान्य रुपबाट मुख्य द्वारलाई पूर्वा तथा उत्तर दिशामा बनाउनु सर्वाेत्तम हुन्छ, पश्चिमतर्फ राम्रो हुन्छ र दक्षिणतर्फ नराम्रो मानिन्छ भन्न सकिन्छ । एउटा व्यक्तिको राशी अनुसार घरको मुख्य ढोका बनाउने कुरा सम्भव देखिँदैन किनभने त्यस व्यक्तिको आयु घरको आयुभन्दा कम हुन्छ र घरमा बस्ने अन्य मानिसहरु त्यस व्यक्तिको मृत्युपछि पनि त्यही घरमा बसिरहन्छन् । अर्थात् कुनै एउटा व्यक्तिको मृत्युपछि घरको स्वामित्व बदलिन सक्छ । साभारः ‘वास्तुशास्त्र’ पुस्तकबाट