यस्ताे छ आजकाे विनिमय दर
काठमाडाैँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी रियाल १ काे खरिद दर ३५ रूपैयाँ १२ पैसा रहेकाे छ भने बिक्रीदर ३५ रूपैयाँ २८ रहेकाे बैंकले जनाएकाे छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:२४
प्रतिक्रिया दिनुहोस्