Nic Ad Nic Ad
Nic Ad Nic Ad

दृढताका साथ डटिरहने साहसले नै सफलताको निर्धारण गर्छ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – सबैभन्दा अन्तिम अनिवार्य साहस हो, अरूको तुलनामा लक्ष्यको बाटोमा धेरै बेरसम्म डटिरहने साहस । दृढताका साथ डटिरहने साहस नै आखिरमा तपाईँको सफलता निर्धारित गर्ने छ । कुनै विषम परिस्थितिमा डटिरहने तपाईँको जिद्दी नै तपाईँको सबैभन्दा ठुलो पुँजी साबित हुनेछ । यो एक यस्तो कारक हो जसले सफलता निर्धारण गर्न सक्छ । यदि तपाईँ मैदान छोड्न अस्वीकार गर्नुहुन्छ भने अन्ततः तपाईँको सफलता निश्चित छ । जस्तो, बेसबलमा हुन्छ, तपाईँ तबसम्म होमरन पूरा गर्न सक्नुहुन्न जबसम्म तपाईँ ब्याट घुमाउन जारी राख्नु हुन्न । सफल मानिसको तीस वर्षको अध्ययनको समयमा मैले एक तथ्य बारम्बार देखेको छु । कसैले पनि तबसम्म हार्दैन जबसम्म ऊ आफै हार स्वीकार गर्दैन । तपाईँलाई तपाईँ बाहेक अरू कसैले हराउन सक्दैन । जब तपाईँ आफूलाई कुनै कामको लागि अनुशासित गर्नुहुन्छ तब त्यो तपाईँलाई मन परोस् या नपरोस् र त्यसले आफ्नो आन्तरिक शक्तिभन्दा उच्च दर्जाको साहस–दृढसंकल्प जुटाउँछ, तब तपाईँ एक थोरै शक्तिशाली मानिस बन्नु हुनेछ । तपाईँलाई छिट्टै के कुराको अनुभूति हुनेछ भने तपाईँको लागि केही पनि असम्भव छैन । तपाईँ आफूलाई यो स्थितिमा लिएर आउनु हुनेछ जहाँ तपाईँलाई रोक्न सक्नु कसैको बुताको कुरा हुने छैन ।   साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्