Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा म्याद सकिएको १० करोड डोज खोप नष्ट

बिहीबार, मंसिर ८, २०७९
काठमाडाैँ –  भारतमा १० कराेड डाेज काेराेनाकाे खाेप नष्ट गरिएकाे छ ।  म्याद सकिएपछि भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले उत्पादन गरेकाे काेभिडकाे खाेप नष्ठ गरेकाे हाे । कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो, सिइओ अदार पुनावालाले बिहीबार भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९०५ भन्दा बढी हिस्सा ओगटेको छ। भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज खुवाएको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय जनसङ्ख्याको ७०५ भन्दा बढीले कम्तीमा दुई डोज लिएका छन् । जनवरी २०२२ मा भारतले स्वास्थ्य सेवा र अग्र पङ्क्तिमा काम गर्ने कामदारहरू र ६० वर्षभन्दा माथिकालाई बुस्टर डोज दिन थालेको थियो । पछि यसलाई सबै वयस्कहरूमा विस्तार गरिएको थियो । जुलाईमा भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा सबै वयस्कहरूलाई ७५ दिनका लागि निःशुल्क बुस्टर डोज उपलब्ध गराइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतले अहिलेसम्म २९८ मिलियन बुस्टर डोज खुवाएको छ । ‘बुस्टर खोपहरूको कुनै माग छैन किनकि मानिसहरू अहिले कोभिडबाट दिक्क देखिन्छन्’, पूनावालाले बिहीबार सञ्चारकर्मीलाई पत्रकारहरूलाई भने, “इमानदारीपूर्वक, म पनि थाकेको छु। हामी सबै थाकेका छौँ ।'
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१०
प्रतिक्रिया दिनुहोस्