एउटा पटकाले २ हजार ९३२ वटा चुरोट जत्तिकै ‘धूवाँ’ निकाल्छ : अध्ययन
एजेन्सी । दीपाली अथवा तिहारको समयमा प्रयोग गरिने पटकाले अत्याधिक रुपमा प्रदूषण फैलाउने पाइएको छ । भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दीपावली अघि र पछिको प्रदूषण स्तरमा ठूलो भिन्नता हुने गरेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।
आजतका अनुसार भारतीय संसदीय समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सस्तो पटाकाले विषाक्त ग्यास निस्कने, प्रदूषण बढाउने बताएको छ। यस्तो खाले एउटा पटकाले २ हजार ९३२ वटा चुरोटले गर्ने प्रदूषण जतिकै गर्छ ।
भारतमा अहिले दिन प्रतिदिन प्रदूषण बढीरहेको छ । जुन चिन्ताको विषय भएको प्रतिवदेनमा उल्लेख गरिएको छ । दिल्ली र यसको आसपासको सहरमा बढीरहेको प्रदूषणको कारण धेरै छन् । प्रतिवेदनमा भनिएको छ, यसको एउटा मुख्य कारण पटका हो । दिल्लीमा पटाका बाल्न प्रतिबन्द छ, तर पनि यहाँ मानिसहरुले पटका बाल्ने गर्दछ । जति सस्तो पटका भयो त्यसले त्यति धेरै विषालु ग्यास निस्कने प्रतिवेदनमा भनिएको छ ।