Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयरल्याण्डमाथि श्रीलंकाको सहज जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–अष्ट्रेलियामा जारी आईसीसी टी–२० क्रिकेट विश्वकपमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हराएको छ । आयरल्याण्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा एक विकेटको क्षतिमा १३३ रन बनाउँदै पूरा गरेको हो । श्रीलंकालाई जित दिलाउने क्रममा कुशल मेन्डिसले अविजित ६८ रनको पाली खेले । त्यस्तै धनञ्जय डि सिल्भा र चरिथ असालान्काले समान ३१÷३१ रन बनाए । यसअघि ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४५ तथा पाउल स्टर्लिङले ३४ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन भने गर्न सकेनन् । श्रीलंकाका लागि महीश थीक्सना र वानिन्दु हशरंगा डि सिल्भाले समान २÷२ विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०५
प्रतिक्रिया दिनुहोस्