Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुर महानगरले फुटपाथमा पसल राख्न दिने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं । ललितपुर महानगरपालिकाले तिहार लक्षित गरी फुटपाथ पसल राख्न दिने भएको छ । यसअघि पैदल यात्रुलाई असर परको भन्दै सडक छेउछाउबाट फुटपाथ पसल हटाए पनि महानगरले आइतबारदेखि फुटपाथ पसल राख्न दिने भएको हो । स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पललगायत तिहार लक्षित सामग्री राखेर पुटपाथमा आजदेखि तिहारभरि पसल राख्न दिने महानगरपालिकाले निर्णय गरेको हो। पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको फुटपाथमा पसल राख्दा आवतजावतमा असहजता भए पनि तिहारको समयमा गाडी कम चल्ने भएकाले यस्तो निर्णय गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाथेछुले जानकारी दिए। ‘तिहारभरि सर्वसाधारणले फुटपाथबाट सहज र सुलभ मूल्यमा अत्यावश्यक सामग्री किनमेल गर्न सकून् भनेर हामीले फुटपाथ खुलाएका हौं,’ उनले भने,‘मंगलबजारदेखि लगनखेलसम्म बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म चारपाङ्ग्रे निषेध गरेर व्यवस्थित रूपमा पसल राख्न दिने निर्णय भएको छ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्