रसुवागढी नाकाबाट तिहारका लागि भित्रिए पाँच अर्ब बढीका सामान
काठमाडौँ– उत्तरी छिमेकी चीनसँग जोडिएको सीमा नाका रसुवागढीबाट तिहारका लागि ५ अर्ब बढीका सामान आयात भएका छन् । खासगरी, तिहारमा बिक्रि हुने स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल गरी असोज २५ गतेदेखि कात्तिक ५ गतेसम्म सो बराबरको सामान आयात भएका हुन् ।
चीनबाट आयात भएका सामग्री परीक्षण एवं नियमानुसार भन्सार शुल्क कायम गराउन पर्याप्त जाँचकी परिचालन गरिएको र फलफूललगायत कुहिने चीज राजमार्गमै र अन्य सामग्री खोला बगरमा रहेको आफ्नै कम्पाउण्डबाट छिटोछरितो परीक्षण भइरहेको छ ।
वर्षायाममा सडक मार्ग अवरूद्व हुने र हावा नपस्ने कन्टेनर डिब्बामा राखिएको स्याउ पाँच÷ सात दिन सडकमै रोकिनुपर्ने अवस्था आए कुहिएर नोक्सान हुने विगतको समस्यालाई मनन गरी वर्षा रोकिए लगत्तै फलफूल आयात गर्न थालिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:१६
प्रतिक्रिया दिनुहोस्