Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई सातापछि विज एयरले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा उडान भर्ने

बुधबार, मंसिर ७, २०७९
काठमाडौं । दुई सातापछि विज एयरले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा उडान भर्ने भएको छ । दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने एयरलाइन्सले जनाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार