साउदी युवराज भारत आउँदै
काठमाडौँ । साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान भारतको भ्रमण गर्ने भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा युवराज सलमान यही १४ नोभेम्बरमा भारतको भ्रमण गर्न लागेका हुन् ।
इन्डोनेसियाको बालीमा जी २० सम्मेलनमा सहभागी हुने क्रममा युवराज सलमान भारत आउन लागेका हुन् ।
साउदी उर्जामन्त्री अब्दुलअजीज बिन सलमानले यस हप्ता भारतको भ्रमण गरेका थिए ।
भ्रमणमा रहेका मन्त्रीले भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल, तेल मन्त्री हरदीपसिंह पुरी, उर्जामन्त्री आरके सिंहलगायतका शीर्ष मन्त्रीहरूसँग छलफल गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:१५
प्रतिक्रिया दिनुहोस्