प्रभु बैंकको खुद नाफा ७७ करोड
काठमाडौँ-प्रभु बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
बैंकद्वारा प्रकाशित पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३० करोड ९३ लाख रुपियाँ वितरण योग्य नाफा कमाएको छ । १ खर्ब ७८ अर्ब ६५ करोड रुपियाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ । यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३.९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपियाँ १९ पैसा रहेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १४:५४
प्रतिक्रिया दिनुहोस्