आज साँझ बिजुलीको खपत १२ सय हाराहारी हुने, ३०० मेगावाट निर्यात समेत
काठमाडौं । यसवर्षको तिहारको लक्ष्मीपूजाको दिन करिब १२ सय हाराहारी बिद्युत खपत हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन अर्थात आज साँझ ६ देखि ८ बजेको अवधिमा सो बराबरको बिजुली खपत हुने देखिन्छ ।
खासगरी, तिहारलाई दीपहरुको पर्वका रुपमा लिइन्छ । खासगरी, झिलिमिलि बत्तीसँगै थरी थरी बिजुली बत्तीको प्रयोग तिहारकै बेला हुने गर्छ । तथापी, बिजुलीको खपत भने गत वर्षकै हाराहारीमा हुने प्राधिकरणले जनाएको छ । हाल देशभर १४ सय मेगावाट बिजुलीको माग छ । बिजुलीको उत्पादन भने २ हजार २ सय मेगावाट पुगेको छ । नदीनाला पूर्ण क्षमतामा नचल्दा हाल ग्रीडमा १८ सय मेगावाट विद्युत् उपलव्ध छ ।
तिहारका बेला उद्योगधन्दा नचल्ने हुँदा बिजुली खेर जाने प्राधिकरणका प्रवक्ता सुरेस बहादुर भट्टराइले क्यानडा नेपाललाई जानकारी दिए । उनले साढे ३ सय मेगावा बिजुली भारत निर्यात भइरहेको बताए । लक्ष्मीपूजाका दिन बिजुलीको लोड घट्ने र बिजुली खेर जाने समेत उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५९
प्रतिक्रिया दिनुहोस्