Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकको खुद मुनाफा ७० करोड ५० लाख

बुधबार, मंसिर ७, २०७९
काठमाडाैँ— प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ७० करोड ५० लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैयाँ रहेको बैकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब ७० अर्ब ४० करोड ९२ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५१ अर्ब आठ करोड ३६ लाख ३७ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९७ करोड २९ लाख ३२ हजार रुपैैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ९८ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३० करोड ९३ लाख ६२ हजार रुपैंयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४२ करोड २३ लाख ६२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३८ प्रतिशत रहेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्