नेभिगेशन
जीवनयापन

वातावरणदेखि धर्मसम्म यस कारण पूजनीय छ ‘गाई’

काठमाडाैँ – आज गाई तिहार घरघरमा गाईको पूजा आराधना गरी मिठा मिठा परिकार ख्वाएर मनाइँदै छ । तिथि घटबढका कारण हिजो लक्ष्मीपूजा गरेर आज गाई तिहार गरिएको हो । गाई पवित्र र गुणी पशु हो । धार्मिक मान्यता अनुसार पृथ्वीको प्रारम्भिक कालदेखि नै केही प्रजातिका गाई थिए । लगभग ९ हजार ५ सय वर्षअघि गुरु वशिष्ठले गाईको कुल विस्तार गरेका थिए र केही नयाँ प्रजाति समेत विकास गरेका थिए । त्यसताका गार्ईको कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि नश्ल थियो । कामधेनु गाईका निम्ति गुरु वशिष्ठदेखि विश्वामित्र सहित केही राजाहरूले कति पटक त युद्ध नै गरेका थिए । यस अलावा गाईका बारेमा केही रोचक कुराहरू निम्न छन् । ३३ कोटी देवताको वास हिन्दु धर्म अनुसार गार्ईमा ३३ कोटी देवताले निवास गर्छन् । कोटीको अर्थ करोड होइन, प्रकार हो । यस अनुसार गार्ईमा ३३ प्रकारको देवता निवास गर्छन् भन्ने मान्यता छ । सकारात्मक ऊर्जाको भण्डार वैज्ञानिक शोधबाट समेत थाहा भए अनुसार गार्ईमा जति सकारात्मक ऊर्जा हुन्छ, अरू प्राणीमा हुँदैन । यस्तै धार्मिक मान्यता अनुसार घरको आसपास गार्ई छ भने सङ्क्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ । गाईको सूर्य केतु नाडी गार्ईको मेरुदण्डको हड्डीमा सूर्य केतु स्नायु हुन्छ । जसले हानिकारक विकिरण रोक्छ । यो पर्यावरणका लागि लाभदायक हुन्छ । साथै, सूर्य केतु नाडी सूर्यको सम्पर्कमा आउनका लागि यहाँ स्वर्णको उत्पादन गर्छ । गाईको शरीरमा उत्पादन हुने यो सुन गार्ईको दूध, मूत्र र गोबरमा मिल्छ भन्ने विश्वास गरिन्छ । पञ्च गव्यको लाभ पञ्च गव्य केही रोगमा लाभदायक मानिन्छ । यसको निर्माण गार्ईको दूध, दही, घिउ, मूत्र र गोबरबाट हुन्छ । पञ्च गव्यद्वारा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । गाईका परिकार अमृत समान गार्ईको दूध र घिउ अमृत समान हो । दहीले पाचन यन्त्र स्वास्थ्य राख्छ । यसमा सुपाच्य प्रोटिन एवं लाभकारी जीवाणु हुन्छ । वैज्ञानिकका अनुसार गार्ईको गोबरमा भिटामिन बि–१२ प्रचुर मात्रामा पाइन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै