बेलायती पाउन्डको मूल्य वृद्धि, यस्तो छ अन्य देशको विनिमय दर
काठमाडाैँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ७७ पैसा र बिक्री दर १३० रुपैयाँ २६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ७७ पैसा र बिक्री दर १५० रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी रियाल १ काे खरिद दर ३५ रूपैयाँ १२ पैसा रहेकाे छ भने बिक्रीदर ३५ रूपैयाँ २८ रहेकाे बैंकले जनाएकाे छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५३
प्रतिक्रिया दिनुहोस्