धैर्य वान बन्नुस्, सफलता अवश्य मिल्छ
काठमाडाैँ – तपाईँमा साहसपूर्ण धैर्य हुनुपर्छ । यो एक खास खालको धैर्य हुन्छ, जसको जरुरत तब पर्छ जब तपाईँ लक्ष्यतिर निस्कनु हुन्छ तर तपाईँलाई परिणाम थाहा हुँदैन । यो थाहा पाउन छक्क पर्ने खालको छ । कति मानिस सुरुवात र त्यसको फल मिल्ने बिचको यो समयमा पलायन गर्छन् । यस बिचमा शङ्का त्यसमा हाबी हुन्छ ।
तर तपाईँले यस्तो गर्नु हुँदैन । एक पटक तपाईँले आफ्नो लक्ष्यतिर पाइला उठाउनु भयो भने तबसम्म शान्त र विश्वासपूर्ण हुने सङ्कल्प लिनुस्, जबसम्म तपाईँले परिणाम पाउन सुरु गर्नु हुन्न । बिचको समयमा जे हुनु छ भइरहोस्, धैर्य र दृढताका साथ लागिरहनुस् ।
साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०३
प्रतिक्रिया दिनुहोस्