बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु
काठमाडौँ - बंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।
हताहतपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो ।
राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ ।
कक्स बजार तटबाट हजारौँ मानिस र पशुधनलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।
कम्तिमा २८ हजार १५५ मानिस र २ हजार ७३६ गाईवस्तुलाई सोमबार साँझ ६ बजेसम्म कक्सबजार तटबाट सुरक्षित क्षेत्रमा लगिएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२३
प्रतिक्रिया दिनुहोस्