Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज औँसी, भुलेर पनि नगर्नुहोस् यी १२ काम

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ - आज औँसी, कृष्णपक्ष तिथिको चर्तुदशीको भोलिपल्टको दिनलाई औँसी भनिन्छ । हिन्दु धर्ममा आस्था राख्नेहरूका लागी औँसीको दिन विशेष महत्त्वपूर्ण हुने गर्दछ । यस दिन हलो बार्ने चलन छ । यस दिन केही धार्मिक रीतिथिति मान्नु आवश्यकता रहने मान्यता छ । औँसीको दिन दान गर्ने तथा पूर्वजलाई सम्झिने परम्परा छ । यस दिन धार्मिक तीर्थ स्थलमा नुहाउनु शुभ मानिन्छ । तर यस दिन केही कामहरू गर्न वर्जित गरिएको छ । धार्मिक मान्यता अनुसार औँसीको दिन १२ काम गर्नुहुँदैन । – औँसीको दिन अबेरसम्म सुत्नु हुँदैन । यस दिन सूर्योदय पूर्व उठ्नु पर्दछ । – यस दिन तामसिक अर्थात् प्याज, लसुन, माछा मासु, मदिराको प्रयोग गर्नुहुँदैन । – यस दिन विशुद्ध सात्त्विक भोजन मात्र ग्रहण गर्नुपर्दछ । – औँसीको दिन नुनको सेवन गर्नुहुँदैन । – अवस्था अनुसार सकेसम्म औँसीको दिन व्रत बस्नु पर्दछ । – यस दिन घरलाई अँध्यारो राख्नु हुँदैन । – यस दिन घर आएका कोही पनि व्यक्तिलाई खाली हात पठाउनु हुँदैन । – सकेसम्म औँसीको दिन दान धर्म गर्नुपर्दछ । – औँसीको दिन कालो रङ्गको कपडा पहिरनु हुँदैन । – बिहान उठ्नासाथ नुहाएर हल्का रङ्गको सफा कपडा धारण गर्नुपर्दछ । – औँसीको दिन आफ्नो रिसमा नियन्त्रण गर्नुपर्दछ । – यस दिन आफूमा ब्रम्हचर्यको पालना गर्नुपर्दछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्