बंगलादेशमा ५० मेगावाट बिजुली निर्यात गर्ने राजदूत भण्डारीको प्रतिवद्धता
काठमाडौं – बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी नेपालले सुरुवाती चरणमा बङ्गलादेशलाई ४०–५० मेगावाट विद्युत् प्रदान गर्ने बताएका छन् । उनले ठुला विद्युत् परियोजना पुरा भएसँगै बङ्गलादेशमा थप विद्युत् निर्यात गर्ने प्रतिबद्धतासमेत भण्डारीले जनाएका हुन् ।
प्रधानमन्त्री शेख हसिनाका प्रेस संयोजक इसानुल करिमका अनुसार मंगलबार ढाकास्थित सरकारी निवासमा भएको भेटका क्रममा भण्डारीले सो कुरा बताएका थिए । द बिजनेस स्टान्डर्डका अनुसार भेटमा भण्डारीले नेपालमा यतिबेला ठुला विद्युत् परियोजनाहरू निर्माणका क्रममा रहेको जानकारी गराएका थिए ।
‘ती परियोजनाहरू पुरा भएपछि नेपाल थप विद्युत् निर्यात गर्न सक्षम हुनेछ,’ भण्डारीलाई उद्धृत गर्दै करिमले भने । यता ढाकास्थित नेपाली राजदूतावासले आजको भेटमा दुई देशबीचको सम्बन्ध, क्रस बोर्डर कनेक्टिभिटी, व्यापार, ट्रान्जिट, ऊर्जा, शिक्षा, पर्यटनलगायत विषयमा पनि छलफल भएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:११
प्रतिक्रिया दिनुहोस्