Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वामी रामतीर्थका केही अमर वाणीहरू

शुक्रबार, मंसिर ९, २०७९
१. हामीले समाजमा औपचारिकता होइन, गुण ग्रहणको भाव, मातृत्वको भाव, समन्वयको बुद्धि, धर्म र कार्यको यथा योग्य अधिकार र श्रमको महिमालाई जागृत गर्नु छ । २. कुनै धर्म वा सम्प्रदाय नवीनतम छ भनेर त्यसलाई ग्रहण नगर । नयाँ वस्तु सधैँ सर्वोच्च हुँदैनन्, किनकि ती समयको कसौटीमा कसिएका छैनन् । ३. हिन्दुहरूमा भोजनको प्रश्नमाथि आवश्यकता भन्दा बढी जोड दिइन्छ । मानिसले हाँसोमा हिन्दु धर्मलाई भान्साको धर्म पनि भन्दछन् । ४. कुनै पनि जीवन असफल हुन सक्दैन । संसारमा असफल मानिने कुनै वस्तु नै छैन । सयौँ पटक मानिसलाई चोट लाग्न सक्दछ । हजारौँ पटक पछारिन सक्दछ, तर अन्त्यमा उसले यही अनुभव गर्ने छ कि ऊ स्वयम् नै ईश्वर हो । ५. यदि ईश्वर छन् भने हामीले उनलाई देख्नु पर्दछ । यदि आत्मा छ भने उसको प्रत्यक्ष अनुभूति गर्नुपर्दछ । अन्यथा तिनमाथि विश्वास नगर्नु ठिक हो । आडम्बरी बन्नु भन्दा स्पष्ट नास्तिक बन्नु राम्रो हो । ६. पाउनु भन्दा दिन असल व्यवहार हो ।   साभार: ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार