Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल संवत् ११४३ सुरू, आज नयाँ वर्ष मनाइँदै (फाेटाे फिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८००) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।   काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबीसे, दोलखा, पाल्पा, चित्लाङ, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायतका स्थानमा भव्य कार्यक्रम गरी नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन नेवारी परम्परा र संस्कृति झल्कने भेषभूषा, बाजागाजा, नाचगान, भाषा, लिपि, खानपान आदिको संरक्षण एवं सम्बर्धनका कार्यक्रम गरिन्छ । यस अवसरमा शुभकामना आदानप्रदान गरी दिनभरि नाचगानका साथ गाउँ, टोल, सहर तथा सडकमा विभिन्न झाँकी एवं ¥याली निकाल्ने गरिन्छ । यसलाई नेपालभाषामा ‘न्हूँः दँयाः भिन्तुना’ भन्छन् । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्