प्रभु बैङ्कको कस्तो छ वित्तीय अवस्था ?
काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्रभु बैङ्कको नाफा १०।७९ प्रतिशतले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा यसले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिसम्म सञ्चालन नाफा १५।४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सो नाफा ८८ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी पनि ३८।७१ प्रतिशतले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा बढ्न सहयोग गरेको हो । बैङ्कको वितरणयोग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ ।
चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको प्रभुको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ पैसाले घटेर २२ रुपैयाँ १९ पैसा कायम भएको छ ।
गत वर्षको पहिलो त्रैमासमा बैङ्कको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४३ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा छ । प्रभुले सेन्चुरी बैङ्कलाई गाभ्ने सम्झौता गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२५
प्रतिक्रिया दिनुहोस्