Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीकै मिलेमतोमा पटका तस्करी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - खरिद-बिक्रिमा पूर्ण प्रतिबन्ध रहेको पटका प्रहरी कै मिलेमतोमा तस्करी हुने गरेको खुलासा भएको छ । प्रहरीसँगको मिलेमतोमाल चाडपर्वमा मनोरञ्जनका लागि पड्काइने पटकाको तस्करी मधेसमा मौलाएको छ।

विशेषगरी दिपावली, तिहार र छठमा पटका पड्काउने गरिन्छ। अहिले हरेक सीमावर्ती भारतीय बजारबाट दैनिक करोडौंको पटका अवैधरूपमा नेपाल भित्रिने गरेको छ। सर्वसाधारणले विभिन्न समानमा पटका लुकाएर भित्र्याउँछन्। तर, व्यापारी र तस्करले प्रहरीकै मिलोमतोमा पटका नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ। भारतीय बजारबाट भित्रिने पटका काठमाडौंसम्म पुग्छ।

पटका भित्र्याउन प्रहरीले १० देखि २० प्रतिशत कमिसन लिने व्यापारीहरुले बताउँने गरेका छन्। तस्करले भने प्रहरीको आँखा छलेर पटका तस्करी गर्छन्। उनीहरूले प्रहरी नबस्ने स्थानहरूबाट पटका साइकल, मोटरसाइकल वा पैदलै हिँडेर तस्करी गर्ने पाइएको छ। प्रहरीले समातेपछि घुस माग्छन् भनेर तस्कहरू रातिको समयमा खुरपेया (गोरेटो) बाटो हुँदै पटका तस्करी गर्ने गरेको धनुषाका व्यापारीहरु बताउँछन् ।

जटही नाकाबाट मात्रै दिनहुँ लाखौंको पटका तस्करी हुन्छ। धेरै प्रहरीले त देखेर पनि नदेखे झैँ गर्छन् । बढी फाइदा हुने भएकाले महिलाहरूले पनि झोलामै राखेर पटका तस्करी गर्ने गरेको व्यारीहरु बताउँछन् ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा युनिट भएको ठाउँबाहेक साना गोरेटो बाटोहरूले भारत र नेपाललाई जोडेको छ। त्यसैले पटका तस्करी नियन्त्रण गर्न गार्‍हो भएको प्रहरीले बताउने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्