वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब
काठमाडौं । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर ९कर्जा र निक्षेप० बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् ।
वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गत वर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ९आव० को पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ दशमलव ५७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:२६
प्रतिक्रिया दिनुहोस्